एमालेको जागरण सभास्थल परिवर्तन, यस्तो छ र्‍यालीको रुट

काठमाडौं । नेकपा (एमाले) ले यही मंसिर ७ गते गर्न लागेको जागरण सभास्थल परिवर्तन भएको छ ।

यसअघि सभास्थल भृकुटीमण्डप तोकिएकोमा परिवर्तन गरेर दरबारमार्ग तोकिएको हो । जागरण संयोजन समितिका संयोजक डा. राजन भट्टराईले सभास्थल परिवर्तन भएको जानकारी दिनुभएकाे हाे ।

यस्तै सभा हुनुअघिको र्‍यालीका लागि पनि रूट तय गरिएको छ । र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने संयोजक भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको ।

संयोजक भट्टराईले ट्राफिक व्यवस्थापन पनि सोही बमोजिम मिलाउन आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ५३ बजे