राष्ट्रपति भवनमा घटस्थापना

एमाले ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन 

ललितपुर । नेकपा (एमाले) ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिनुभएको हो ।

बन्द सत्रले १ सय २० सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ५० बजे