धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।
उनको मात्रै एकल उम्मेदवार परेपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै चौधरी निर्विरोध भएकी हुन्।
काँग्रेसकी चौधरीलाई एमालेको पनि समर्थन थियो ।
प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ३ : २४ बजे
प्रतिक्रिया