मन्त्रिपरिषद् बैठक बस्दै

नक्कली कागज तयार गरेका  प्रसाईँलाई लाग्न सक्छन् यी दश अभियोग (अभियोगको सूचीसहित )

प्रधानमन्त्री विरुद्ध तयार गरेको  नक्कली कागजले प्रसाईँलाई जेलमा सडाउने 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न नक्कली कागज बनाएर दुष्प्रचार गरेका दुर्गा प्रसाईँ माथि विभिन्न दश शीर्षकमा कानुनी कारबाही अगाडि बढ्न सक्ने बताइएको छ। यद्यपि प्रहरीले अहिलेसम्म कति वटा अभियोगमा मुद्दा चलाउने भन्ने यकिन भने गरेको छैन।

तर प्रहरीले सुरुमा किर्ते वा साइबर क्राइममा मुद्दा चलाउने तयारी गरेको छ। प्रसाईँले हालै कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको झुटो दाबी गरेका थिए

प्रसाईँको फेसबुक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन् । तर, उक्त दाबी हावादारी भएको स्पष्ट भइसेको छ। 

प्रसाईँले भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाएका छन् । ओलीको नक्कली हस्ताक्षर रहेको अर्को कागज पनि प्रमाणका रूपमा देखाइएको छ, जहाँ नाम लेखिएको छ,। यसरी लेखिएका दुई वटा कागजमै नामको स्पेलिङ फरक छन्, यसबाट थाहा हुन्छ सोझै उक्त कागजहरू नक्कली हुन् ।

नेकपा एमालेलाई बदनाम गर्ने नियतले दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले झुटको कागजको चिट बनाउँदै “कोलम्बिया काण्ड“ जस्तो नाटक रचेका छन्। पार्टीको इमानदार छवि र जनताको भरोसामाथि प्रहार गर्न गरिएको यो दुस्साहस जनताले राम्ररी बुझेका छन्। तर, प्रश्न उठ्छ – दुर्गा प्रसाईँ आफैँ कति सफा छन् ? जसरी यस अघि यस्ता प्रचारले सामाजिक सञ्जालमा ठाउँ पाए पनि यस पटक भने विभिन्न क्षेत्रबाट सार्बजनिक रूपमा नै प्रसाईँको विरोध भएको छ। प्रतिष्ठित व्यक्तिहरूले समेत प्रसाईँले प्रधानमन्त्री ओलीलाई बदनाम गर्ने हिसाबले त्यस्तो प्रपञ्च रचेको भन्दै विरोध जनाएका छन् । 

पूर्वमन्त्री जयप्रकाश अनन्दले यसलाई दुष्प्रचार भनी टिप्पणी  गर्नुभएको छ।   उहाँले यसलाई यी कुत्सित खेलहरू, दुर्गा प्रसाईँहरूबाट भइरहेको भनी टिप्पणी गर्नुभएको छ। 

कुत्सित खेलहरूको संज्ञा दिँदै उहाँले लेख्नु भएको छ – दसैँको टिकाका सन्दर्भमा मुलुकका राष्ट्रपतिका विरुद्ध रवीन्द्र मिश्रहरूबाट भयो–यस योजनाका लक्षित लाभग्राही विस्थापित राजा ज्ञानेन्द्र शाह नै हुन्। 

तसर्थ तिनका कथित कल्पित “नवीन समझदारी” का ‘मियो’ उनैलाई बनाउन चाहेका छन् यी खेलाडीहरूले, तसर्थ तिनका महाराजाधिराजले बढदै गएको यस बेथितिका बारे बोल्न ढिलो भएन र?

यस खाले दुरुत्साहन कुलीन, घरानियाँ, सिंहासन कै लागि अवतरित तिनका महाराजाधिराजलाई शोभा दिँदैन नि !

त्यसै गरी अधिवक्ता सुरेन्द्र बोगटीको स्ट्याटसमा टिप्पणी गर्दै राजकुमार  कार्की लेख्नुहुन्छ –

दुर्गा प्रसाईँलाई खुला चुनौती:

 आफ्नो बैङ्किङ हिसाब देखाउनुस्

देशका विभिन्न बैङ्कहरूबाट लिएका ऋणको पूर्ण विवरण सार्वजनिक गर्नुस्

  ऋण फिर्ताको स्थिति स्पष्ट पार्नुस्

बैङ्कहरूको रकम फिर्ता गरेको प्रमाण छ भने जनताको सामु राख्नुस्।

. झुटा आरोपको प्रमाण दिनुस्

नेकपा एमालेमाथि लगाइएका आरोप प्रमाणित गर्न सक्नुहुन्छ भने प्रमाणसहित आउनुस् । 

जनतालाई सत्य स्पष्ट पार्न:

दुर्गा प्रसाईँको उद्देश्य नेकपा एमालेलाई बदनाम गर्दै आफ्नो स्वार्थ पूरा गर्नु हो। उनले बैङ्कहरूबाट लिएको ठूलो ऋण, त्यसको असुली प्रक्रियामा देखिएका समस्या, र राजनीतिक पहुँचको दुरुपयोग गरेर आफूलाई जोगाउने प्रयास गरिरहेका छन्।

हाम्रो सन्देश:

नेपाली जनता झुट र षड्यन्त्रको खेती गर्नेहरूलाई राम्ररी चिन्छन्। सत्यको उज्यालोमा दुर्गा प्रसाईँका सबै गतिविधि छर्लङ्ग हुँदै छन्। जनताले यस्ता व्यक्तिहरूको नियतलाई चिरेर, सत्यको पक्षमा उभिने छन्।

कुन शीर्षकमा के कारबाही हुनसक्छ प्रसाईँलाई 

नेपालको कानुनअनुसार, दुर्गा प्रसाईँले निम्न प्रावधानहरू उल्लङ्घन गरेको देखिन्छ , 

मुलुकी फौजदारी संहिता, २०७४

दफा २७६ः किर्ते गर्न नहुने

 दफा ३०६ः बेइज्जती गर्न नहुने।

दफा ३०७ः सजाय—२ वर्षसम्म कैद, विद्युतीय माध्यमबाट भए थप १ वर्ष।

 दफा २८५(घ)ः आपराधिक उपधारा—३ वर्षसम्म कैद।

फा ८९ झूटा प्रमाण बनाउन नहुने—५ वर्षसम्म कैद।

 दफा ५८ः राष्ट्रपति वा सांसदलाई धम्की दिन नहुने—७ वर्षसम्म कैद।

विद्युतीय कारोबार ऐन, २०६३

साइबर अपराधसम्बन्धी दफा।

. बैङ्किङ तथा वित्तीय कसुर ऐन

वित्तीय अपचलनसम्बन्धी कानुन।

यी सबैमा कैद सजायका साथै आर्थिक जरिवाना पनि हुन्छ। सङ्गठित अपराध देखिए थप दफा लागू हुनसक्छ। नेपालको कानुन सबैका लागि समान हो। सरकारले कानुनी राज्यको अनुभूति हुने गरि अराजकतालाई तत्काल नियन्त्रण गर्नुपर्छ भन्ने आम धारण रहेको  छ । 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १ : ३० बजे