सुदूरपश्चिम सहितका क्षेत्रमा वर्षाको सम्भावना, आज हिमपात पनि हुने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिमका एक(दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । सम्भावना रहेको छ।

मङ्गलवार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ पौष २६ गते (सोमबार)
दिउँसो
: सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। 

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २७ गते (मङ्गलवार)
दिउँसो
: देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली रहने छ। 

२०७८ पौष २७ गते (मङ्गलवार)
​​​​​​​दिउँसो: प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। 

प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली रहने छ। 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ५८ बजे