फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

मन्त्रिपरिषद् बैठक बस्दै

पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : ३८ बजे