‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एकै दिन एक हजार नाघ्यो कोरोना सङ्क्रमण

काठमाडौं । नेपालमा एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११६७ जनामा कोरोना संक्रमण देखिएको हो।

देशभरि ८८४८ पीसीआर परीक्षण गर्दा ८४१ र ३७८४ एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै पछिल्लो २४ घन्टामा थप २२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : १२ बजे