प्रोपगाण्डा र फतुरका पछि लागेर कोही पनि देशभक्त रमाउँदैन र रमाउन हुँदैन । यो एक एक गरेर देशलाई ठुलो चक्रव्यूहमा पार्ने खेल हो ।
साँचो डग्दैन झुटो टिक्दैन भनेझैँ एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओलीविरुद्ध लगाएका नानाभाँती कपोल कल्पित लाञ्छना र आरोपहरू पानीको फोकाझैँ छिनछिनमा फुटेको देखिएकै छ ।
नेपालका लागि चिनियाँ राजदूतसित जोडेर ओली लाञ्छित फेक फतुर तुरुन्तै फुट्यो भने जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो देखाएर ओली निवास भनेर गरेको दुष्प्रचार सेलाउन धेरै दिन लागेन । देश र विदेशका बैँकमा ओलीले ठुलो धनराशि जम्मा गर्नु भएको छ भन्ने फेक र फतुर केही दिनमै समाप्त भयो ।
पहिले कम्बोडियाको टेलिकममा ओलीको मोटो आर्थिक लगानी छ भन्ने समाचार केवल प्रोपगाण्डा रहेछ भन्ने स्पष्ट भएकै हो । यो फरेबी न्युज चल्तीको एक भारतीय मिडिया जी न्युजले प्रसारण गरेको थियो तर परिणामबाट उक्त समाचार सरासर झुट रहेको घाम जत्तिकै छर्लङ्ग भएको थियो । तैपनि दुर्गा पर्साइँ नामका एक निमित्त पात्र हिजोआज फेरि एउटा फर्जी कागतलाई प्रमाण भन्दै ओली र एमाले विरुद्ध प्रोपागण्डा गरिरहेका छन् । तर बिर्तामोड निवासी ओली थरी आदरणीय अग्रज स्रष्टालाई मृत्युपछि पनि बीसौ दिन आइसियुमा राखेर दुर्गाको अस्पतालले ब्रम्हलुट मच्चाएको संग्रौला थरी वरिष्ठ उपन्यासकारले मलाई केही दिन अघि बताएका थिए ।
पहिले कम्बोडियाको टेलिकममा ओलीको मोटो आर्थिक लगानी छ भन्ने समाचार केवल प्रोपगाण्डा रहेछ भन्ने स्पष्ट भएकै हो । यो फरेबी न्युज चल्तीको एक भारतीय मिडिया जी न्युजले प्रसारण गरेको थियो तर परिणामबाट उक्त समाचार सरासर झुट रहेको घाम जत्तिकै छर्लङ्ग भएको थियो । तैपनि दुर्गा पर्साइँ नामका एक निमित्त पात्र हिजोआज फेरि एउटा फर्जी कागतलाई प्रमाण भन्दै ओली र एमाले विरुद्ध प्रोपागण्डा गरिरहेका छन् । तर बिर्तामोड निवासी ओली थरी आदरणीय अग्रज स्रष्टालाई मृत्युपछि पनि बीसौ दिन आइसियुमा राखेर दुर्गाको अस्पतालले ब्रम्हलुट मच्चाएको संग्रौला थरी वरिष्ठ उपन्यासकारले मलाई केही दिन अघि बताएका थिए ।
भारतीय जनता र नेपाली जनताका बीचको आपसी प्रगाढ मित्रता उल्लेखनीय छ तर इस्टइण्डिया कम्पनी कुप्रभावको भारतीय शासक नेपाल र नेपाली प्रति अत्यन्त नकारात्मक तथा खोटी सोच राख्छ र यसले नेपालमा भारतीय शासक प्रति तीव्र आक्रोश छ । त्यसैले भारतीय कतिपय मिडिया नेपालप्रति चरम भ्रम फैलाउन उद्यत रहेको अहिले पनि स्पष्ट हुन्छ । यसको पछिल्लो उदाहरण कम्बोडियाको टेलिकममा ओलीको धेरै मोटो आर्थिक लगानी रहेको फेक समाचार हो । आरोप लगाउने मान्छे जब अधैर्य भएर आवेश र उत्तेजनामा बोल्छ तब त्यसमा अलिकति पनि सत्यता छैन भन्ने बुझे हुन्छ । सत्य तथ्य प्रमाण छ भने चरम उत्तेजनामा आएर पाँडे गाली गर्दैन । र कतिपय भारतीय मिडियाहरू फेक समाचार प्रवाह गर्छन् भन्ने कुरा भारतकै सर्वोच्च न्यायालयले आफ्नो फैसलामा उल्लेख गरेको छ । २०७७ असार २७ गते अन्नपूर्ण पोस्ट डट कममा प्रधान सम्पादक अखण्ड भण्डारीद्वारा सम्पादित समाचारमा सविस्तार उल्लेख गरिएको थियो । पोस्टमा भारतीय मिडियाका झुटकारिता शीर्षकमा लिखित समाचारमा जी न्युज,आज तक,टाइम्स अफ इन्डिया, एकोनोमिक्स टाइम, पाइनियर एक्सप्रेस, द वायर न्युज पोर्टर लगायत पत्रिका र मिडिया फेक न्युज निर्माण र प्रकाशनमा सक्रिय रहेको उल्लेख थियो । भारतीय समाचार प्रकाशित गर्दा पनि फेक समाचार बारबार गरेपछि परेको उजुरीमा भारतीय उच्च अदालतले प्रेस स्वतन्त्रता सर्वोच्च हो तर त्यो एकतर्फी हुनुहुँदैन भनेर फैसला गरेको रहेछ । भारतमा फेक समाचार प्रकाशित र प्रसारित गर्ने होडबाजी नै चलेको समाचारमा बताइएको छ ।
जहाँसम्म ओलीलाई यस किसिमले सरासर फतुर आरोपको प्रश्न छ, त्यसका अनेक कारण रहेका छन् ।
जहाँसम्म ओलीलाई यस किसिमले सरासर फतुर आरोपको प्रश्न छ, त्यसका अनेक कारण रहेका छन् । भारतीय चर्को दबाबलाई अटेर गरी नेपालको संविधान जारी गरेको, जारी संविधान विरुद्ध तराई मधेसमा फैलाइएका आपसी एकता भाँड्न फैलाइएका द्वेषपूर्ण अनेक भ्रमलाई निस्तेज पारेको , चुच्चे नक्सा नेपाली नक्सामा आबद्ध गरेको, नाकाबन्दी निष्फल पारेको, चीनसित पारवहन सन्धि सम्पन्न गरेको, सत्यमेव जयते होइन, सिंहमेव जयते भनेको तथा थिचाहा मिचाहा प्रवृत्तिलाई ओलीले पटक्क सहन नगरेको जस्ता विषय छन् । उहाँले विगतका कतिपय प्रधानमन्त्रीले झैँ नेपाल र यहाँको प्रधानमन्त्रीलाई भारतको भाइ भन्ने प्रवृत्तिलाई तर्क संगत तथा चित्त बुझ्दो रूपमा आम जनताले बुझ्ने गरी व्यवहारतः खण्डन गरिदिनु भयो । यी सबका कारण एमाले र ओली विरुद्ध भारतीय शासक कुद्ध बनेको सबैसामु छर्लङ्ग छ। मूर्ख तथा खोटीमनहरु बदलाको भावना राख्छन्, सज्जनहरू माफ गरिदिन्छन् विद्वान्हरू बिर्सिदिन्छन् भनेझैँ मूर्खको राम्रो ओखती गर्नु जरुरी देखिन्छ ।
सामान्यतया प्रगतिशील राष्ट्रवादी शक्तिलाई अनेक तरहले षडयन्त्रमा पार्ने प्रयत्न गरिँदो रहेछ । अनि फुटाऊ र शासन गर भन्ने नीति अपनाइँदो रहेछ । त्यसैले विगतमा एकीकृत पार्टीमा नियोजित रूपमा फुट उत्पन्न गराउनुका पछाडिको राज यही हो । तिनले नै ओलीलाई संसद् विघटन गर्न बाध्य बनाइएका हुन् । किनभने ४०० यस वर्षमा प्रतिक्रियावादी शक्तिले धेरै जाली,झेली र फरेवी अनुभव समेत सिकेको छ । संसद् विघटन अत्यन्त अप्रिय कुरा हो र यो काम गरे लामो समय जनता भड्किन्छन् भन्ने प्रतिक्रियावादीले राम्ररी बुझेकै हो र थियो । यसका कारण एमाले नै रनभुल्लमा पर्छ भन्ने पनि उनीहरूले सोचेकै हो । बाध्यकारी तर अप्रिय काम गर्न बाध्य भएको यथार्थ सत्य धेरै एमालेले बुझे । संविधानका धारा र दफाको व्याख्या मात्र भर गरेर हुँदैन त्यसको मर्म र महत्त्व बोध गर्नेले टिके प्रधानमन्त्री बनाएको कदापि स्वीकार गर्दैन संसद् विघटन गरे पनि र विघटन नगरी प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरेको भए पार्टी अध्यक्ष ओलीलाई कुनै न कुनै निहुँमा उहाँको राजनीतिक जीवन समाप्त पार्ने दाउ प्रचण्डकै थियो । ओलीका दोष पाएका भए प्रधानमन्त्री हुँदा प्रचण्डले ओलीलाई बाँकी राख्ने नै थिएनन् । । यो कुराको संकेत स्वयं ओलीले प्रचण्ड सहितले आफूमाथि लगाइएको फतुर आरोपको प्रत्युत्तर पत्रमा सूक्ष्म रुपमा उल्लेख गर्नु भएको पाइन्छ ।
ब्राजिलका पूर्व वाम पन्थी नेता तथा हालका पनि राष्ट्रपति दा सिल्भा लुलाको शासन कालमा देशको विकासले फड्को मारेको थियो । त्यसैले लुलाको जनप्रिय तथा विकासवादी छविबाट आत्तिएर अमेरिका लगायत प्रतिक्रियावादी शक्तिले उहाँलाई कथित भ्रष्टाचारको अभियोग लगाएर १८ महिना कठोर कारावासको सजाय दिए । प्रतिक्रियावादीले लुलाको राजनीतिक जीवन नै समाप्त पार्ने दुराशय राखेका थिए । तर न्यायालयले प्रमाण नपुगेर थुनामुक्त गरिदियो । यस्ता घटना संसारका अरू देशमा पनि भएका छन् । त्यसैले सच्चा कम्युनिस्ट र वामपन्थी राजनीतिकर्मी र कर्मीलाई के कसरी सिद्ध्याउन प्रयत्न गरिन्छ भन्ने थाहा पत्तो नपाउने नेता राजनीतिक क्षेत्रका नाबालक हुन् ।
एक समय टी एन प्रधानको जाली नामबाट तत्कालीन एक साप्ताहिक पत्रिकामा एमाले विरुद्ध धाराप्रवाह लेख लेखेर बदनाम गर्न पनि खोजियो । विगतमा पटक पटक साम,दाम,दण्ड र भेद नीति अनुसार एमालेलाई समाप्त पार्न खोजिएकै थियो । स्व. खुम बहादुर खुड्काले एमाले पार्टी फुटाउन अमुक नेतालाई ठुलै थैली दिएको कुरा सबैलाई थाहा भएकै कुरा हो । नेपाललाई कमजोर पार्न यही देशका स्थायी शक्ति, बलिया पार्टी र उच्च स्तरका नेतालाई पहिलो तारो बनाउन खोजेको र बनाएको जगजाहेर छ ।
भारतीय अनुकूल वा कन्फर्टेबल सरकार बनाउँदा चुइँक्क नबोल्नेहरू देशघातीहरु अनेक कृत्रिम कहानी कथेर एमाले र ओली विरुद्ध ज्यान फालेर लागेका छन् , । एक समय जननेता मदन भण्डारीलाई साँझाको डाँका र सात जोईका पोइ पनि भनेर अफवाह फैलाए । यस कुराको समर्थन सर्वोच्च नेताले समेत गरे । एक समय टी एन प्रधानको जाली नामबाट तत्कालीन एक साप्ताहिक पत्रिकामा एमाले विरुद्ध धाराप्रवाह लेख लेखेर बदनाम गर्न पनि खोजियो । विगतमा पटक पटक साम,दाम,दण्ड र भेद नीति अनुसार एमालेलाई समाप्त पार्न खोजिएकै थियो । स्व. खुम बहादुर खुड्काले एमाले पार्टी फुटाउन अमुक नेतालाई ठुलै थैली दिएको कुरा सबैलाई थाहा भएकै कुरा हो । नेपाललाई कमजोर पार्न यही देशका स्थायी शक्ति, बलिया पार्टी र उच्च स्तरका नेतालाई पहिलो तारो बनाउन खोजेको र बनाएको जगजाहेर छ । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई टेलिफोन संवाद गरेर नेका पार्टी विभाजित हुँदा देशमा परिआउने सम्भाव्य संकट उल्लेख गरेको उहाँले नै बताउनु भएको थियो । एमालेको बाग्मती प्रदेश स्तरीय जागरण सभामा बैरीहरूको ओठ तालु सुक्ने गरी एमाले जन र देशभक्त जनसमुदायको उपस्थिति अपरिहार्य देखियो । बाह्य वा आन्तरिक प्रतिक्रियावादी शक्तिसित हामीले लड्नु पर्दैन अड्दा वा हामी एक ढिक्का हुँदा हुन्छ यो कुरा ओलीले नै भन्नु भएको थियो । शत्रुले आफ्नै घर आँगनमा आएर ठाडो चुनौती दिँदा कुनै पनि एमाले वा देशभक्त जनता रमिते भएर बस्दैनन् । ओली र एमाले सित रिस उठ्यो भनेर कसैले पनि देशको जग खोस्रने र देशघाती काम गर्दैन ।
माओवादीले कथित जनयुद्धका नाममा अपार जन र धनको सर्वनाश गरेर उल्टो कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेको थियो, अझै गर्दैछ । एमाले मात्र अहिले देशी र विदेशी प्रतिक्रियावादीको विरोधको तारो बनेको छ । त्यसमा पनि ओलीलाई सबैले निसाना बनाएको स्पष्ट हुन्छ । देश र जनताको हित गर्ने पार्टी र नेतृत्व सधैँ सबैतिर विरोधीको केन्द्र बन्ने गरेको छ । अरू पार्टीजस्तै एमाले र ओली चरम लोभी पापी नहुनु प्रतिक्रियावादीलाई परेको पर्नु पिर हो । एमाले पनि अरू पार्टीजस्तै भएदेखि बोकाले झैँ नेपालमा दाइँ गर्न सजिलो हुन्थ्यो भन्ने तिनको ध्येय देखिन्छ । एमाले र एमाले नेतृत्व विरुद्ध प्रतिक्रियावादीहरू पहिले देखि नै लिट्टो कसेर लागेका हुन् ।
जननेता मदन भण्डारीको हत्या प्रकरणमा एमाले नेतालाई मुछेर लागिपर्नु पनि विरोधको अन्तिम अस्त्र थियो । भण्डारीको हत्या प्रकरणमा टीएन प्रधानले धारावाहिक तर हो कि झैँ लाग्ने फेक समाचार बारबार प्रकाशित गरिएका थिए । समाजवादी देश क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोको हत्या गर्न अमेरिकाले गरेका अनेक षडयन्त्र विज्ञ पाठक गणलाई अवगत नै छ ।
जननेता मदन भण्डारीको हत्या प्रकरणमा एमाले नेतालाई मुछेर लागिपर्नु पनि विरोधको अन्तिम अस्त्र थियो । भण्डारीको हत्या प्रकरणमा टीएन प्रधानले धारावाहिक तर हो कि झैँ लाग्ने फेक समाचार बारबार प्रकाशित गरिएका थिए । समाजवादी देश क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोको हत्या गर्न अमेरिकाले गरेका अनेक षडयन्त्र विज्ञ पाठक गणलाई अवगत नै छ । साँचो मानेमा जनता चाहिँ देशभक्त हुन्छन् , जनता सबै खालका षडयन्त्रका ताना बुना बुझ्न असमर्थ हुन्छन् । तसर्थ ती जनतालाई नै यस्ता जेलिएका विषयहरू राम्ररी जानकारी दिनुपर्छ । विचार चिन्तन रुपी विषालु झारपात तुरुन्तै उखेल्नुपर्छ नत्र त्यसले जरा फैलाउँछ र मन मस्तिष्कमा डेरा जमाउँछ । त्यसैले त्यसलाई तुरुन्तै उखेल्नुपर्छ, नत्र त्यसले जनताका मनमा जग हाल्छ र समाधान गर्न धेरै मेहनत गर्नुपर्ने हुन्छ । तथ्य, तर्क र वास्तविकतामा आधारित भएर खण्डन गर्नुपर्छ । खण्डन गरेजस्तो गरेर भ्रम खण्डित हुँदैन । सत्य पनि स्थापित गर्नु पर्छ । नेताले देखावा विरोध भन्दा अन्तर मनले र मिहिन पाराले विरोध गर्दा त्यो प्रभावकारी हुन्छ । संकटका बेला मात्र पहिचान हुन्छ ।
विरोध पनि ताकतवर हुनुपर्छ र विरोधीको मुखै बन्द गर्ने खालको हुनुपर्छ । ओलीले डमरुमाथि हमला हुन थाल्यो बघिनीले कदापि सहन्न भनेझैँ तमाम डमरुरुपी एमालेसहित तमाम देशभक्त जनता बघिनी आमामाथि जाइलाग्दा एक मुख हुनु अपरिहार्य हुन्छ । एक एक गरेर आखिरमा देशमा अस्थिरता र अराजकता सिर्जना दुष्प्रयत्न निष्फल पार्ने प्रयत्न गर्नेैपर्छ । प्रोपगाण्डा र फतुरका पछि लागेर कोही पनि देशभक्त रमाउँदैन र रमाउन हुँदैन । यो एक एक गरेर देशलाई ठुलो चक्रव्यूहमा पार्ने खेल हो । कम्तीमा यस्ता विषयमा एमाले एकताबद्ध हुने हो भने प्रतिक्रियावादी स्यालहरू गाउँ र सहर पस्न सक्तैनन् । यस्ता अति गम्भीर विषयलाई बेवास्ता गर्ने हो भने देशको अस्तित्व धरापमा पर्ने निश्चित छ ।
प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार २ : १० बजे
प्रतिक्रिया