काठमाडौं। जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि नेकपा एमाले काभ्रेले ह्वीप जारी गरेको छ।काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले भने,“एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा र नगरपालिका गाउँपालिका प्रमुख उपप्रमुखलाई राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न अनुरोध गरेका छौं।” तीन दिनभित्र पीसीआर परीक्षण गर्ने र परिचयपत्र लिएर मतदान गर्न जानुपर्ने बताइएको छ।
प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ३ : २५ बजे
प्रतिक्रिया