दिनभरीका खबर अब नेपाल टुडेमा

अलबिदा  दमननाथ

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

२०८१ मङ्सिर २ गते आइतबार  काठमाडौँमा निधन हुनुभएका वरिष्ठ राजनीतिज्ञ ढुंगाना नेपाली राजनीतिमा एक गैर पक्षपाती सभामुखको मानक खडा गर्नुभएका राजनीतिज्ञ हुनहुनथ्यो । 

वि.स. १९९८ सालमा काठमाडौंमा जन्मनु भएका ढुंगानाले पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गनुभएको थियो । केही समय शिक्षण पेसामा आवद्ध उहाँले २०२८ देखि दुई दशक लामो वकालत पेसासमेत गर्नुभयो ।

२०४७ सालको संविधान निर्माण, २०४८ सालदेखि ५१ सालसम्म सभामुख र ६२÷०६३ सालमा शान्ति प्रकृयाका पक्षमा वरिष्ठ राजनीतिज्ञ ढुंगानाले निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासले सायदै कहिल्यै भुल्नसक्ने छैन । 

वि।सं। २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सदनको सभामुखका रूपमा ढुंगानाले निर्वाह गर्नुभएको भूमिका नेपाली राजनीति अविष्मरणीय र उदाहरणीय मानिन्छ ।

तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन होस् या लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनका लागि ढुंगानाले खेल्नुभएको भूमिका चीर अविस्मिरणीय छ ।

वरिष्ठ मानव अधिकारवादी नेता ढुंगानाले संसदलाई प्रभावकारी बनाउन र राजनीतिक नेतृत्व जवाफदेही बन्नुपर्नेमा जीवनभर वकालत गर्नुभयो ।

पछिल्लो समय सकृय राजनीतिमा नरहे पनि दमननाथ ढुंगानाले लोकतन्त्रको पक्षमा सधैँ खबरदारी गर्दै आउनुभएको थियो । उहाँ लोकतन्त्रको संस्थागत विकासका लागि नागरिक अधिकारलाई पहिलो शर्त मान्नुहुन्थ्यो ।

२०४६ सालको आन्दोलनका बेला नेपाली कांग्रेसका प्रवक्तासमेत रहनु भएका ढुंगाना २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट निर्वाचित भएपछि प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।

उक्त निर्वाचनमा विजयी बन्नुभएका उहाँ जनवादीक्रन्ती पछिको पहिलो सदनका सभामुख बन्नुभयो ।

ढुङ्गानाले सदनमा सभामुखको रूपमा आफ्नो भूमिकामा, सामान्य अन्तर्राष्ट्रिय अभ्यास अनुसार, प्रधानमन्त्रीबाट सम्बोधन गर्नु अघि विपक्षी नेतालाई संसदलाई सम्बोधन गर्न अनुमति दिने नजिर स्थापित गर्नुभयो । यसैकारण उहाँ  एक गैरपक्षपातपूर्ण सभामुखको रूपमा परिचित बन्नुभयो ।

२०५१ सालसम्म सभामुख रहँदा संसदीय अभ्यासलाई मर्यादित बनाउन उहाँले देखाएको सक्रियताको सबैले प्रशंसा गर्दछन् ।  आम निर्वाचन २०५१मा पराजित भएपछि उहाँले दलीय राजनीतिबाट सन्यास लिनुभएको थियो । त्यसपछि उहाँले नागरिक समाजको सदस्यको रूपमा ख्याति कमाउनुभयो ।

लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्नुभएका ढुंगानाले २०६२÷६३ सालको जनआन्दोलन, संविधान निर्माण, गणतन्त्र स्थापनामा र्पुयानु भएको योगदान निकै महत्त्वपूर्ण मानिन्छ ।

मानवअधिकारको आन्दोलनहरुमा सक्रिय वरिष्ठ राजनीतिज्ञ ढुंगानाले सशस्त्र संघर्षरत माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका खेल्नु भयो ।

२०६२÷०६३ को गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा ढुंगानाले नागरिक समुदायको नेतृत्वसमेत गर्नुभयो ।

शान्ति प्रक्रियाको क्रममा ढुङ्गाना तत्कालीन सरकार र नेकपा माओवादीबीच एक महत्वपूर्ण सहजकर्ता र मध्यस्थकर्ताकोरुपमा उभिनुभयो ।

ढुंगाना  नेपालको शान्ति प्रक्रियाको पर्यवेक्षक, वार्ताकार र सल्लाहकार हुनुहुन्थ्यो ।

२०१७ सालमै राजा महेन्द्रले कू गरेपछि विद्यार्थीलाई एकजुट बनाउने काम गर्नुभएका  ढुंगानाले सक्रिय वकालतमा रहँदा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी लगायत उच्च पदस्थ नेताहरुको मुद्दा समेत लड्नुभएको थियो ।

५१ सालको निर्वाचन पछि राजनीतिमा निश्कृय जस्तै रहनुभएका उहाँ बि।सं। २०७४ मो २३ वर्षको अन्तरालपछि सक्रिय राजनीतिमा आश्चर्यजनक पुनरागमन गर्नुभएको थियो । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का साझा उम्मेदवार महेश बस्नेतविरुद्ध नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका ढुंगाना उक्त चुनावमा पराजित हुनुभयो ।

चुनावमा पराजित भएसँगै उहाँको राजनीतिक सक्रियता फेरी पनि घट्यो ।

ढुंगानाले जीवन पर्यन्त राजनीतिक दल र नेताहरुको नैतिक धरातल बलियो हुनुपर्ने वकालत गरिरहनुभयो । लोकतन्त्र, मानअधिकार र संसदीय सर्वोच्वताका प्रतिमुत्र्ती, जीवन प्रयत्न नेपालको राजनीतिक, संवैधानिक र नागरिक अधिकारका लागि अथक साधना गरिरहनुभएका राजनीतिज्ञ ढुंगानाप्रति हार्दिक श्रद्धासुमन ।   

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ४७ बजे