काठमाडौं । सभामुख देवराज घिमिरेले सीके राउत नेतृत्वको जनमत पार्टीकी सांसद गोमालाभ सापकोटालाई कारबाही गर्ने तयारी गर्नुभएको छ ।
जनमत पार्टीको लगाताको ताकेतापछि सभामुखले कारबाही गर्न लाग्नुभएको हो । जनमत पार्टीले सापकोटालाई पार्टीबाट अनशासनको कारबाही गरिएको भन्दै सांसद पदबाट निलम्बन गर्न माग गरिरहेको छ ।
सापकोटालाई जनमतले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको हो ।
अहिले सभामुख काठमाडौं बाहिर भएकाले कारबाहीमा ढिलाई भएको र सभामुख फर्के लगत्तै कारबाहीको सूचना टाँस गरिने संसद सचिवालय स्रोतले जानकारी दिएको हो ।
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ८ : २४ बजे
प्रतिक्रिया