एमालेद्वारा दुःख व्यक्त

आगामी उपचुनावमा ४४ पदकालागि स्वतन्त्र सहित ४०७ जना भिड्दै

काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दलबाट २८६ र स्वतन्त्रबाट १२१ गरेर ४०७ जनाको उम्मेदवारी दर्ता भएको हो ।
जसमा ६४ जना महिला, ३४१ जना पुरुष र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनानयन दर्ता भएको छ ।

त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन दर्ता भएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा बढी धनुषाको धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडा अध्इक्ष पद र बझांगको सुर्मा गाउँपालिका ४ को वडा अध्यक्ष पदमा तीन तीन जनाको मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : ४४ बजे