‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माओवादी केन्द्रको आठौँ महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको  पुस ११ गतेदेखि सुरु भएको आठौँ महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भयो । 

गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बस्नुभयो । 

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुली सहितलाई कोरोना भाइरस सङ्क्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गर्नुभयो । 

तर, शनिवारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुबोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा लगायतलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

अध्यक्ष प्रचण्ड सहितका सङ्क्रमित नेताहरूको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् । देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्ला जिल्ला र गाउँ गाउँमा पुगिसकेका छन् । 

महाधिवेशन समाप्त भए लगत्तै नेताहरूमा कोरोना सङ्क्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना सङ्क्रमणको जोखिम बढाएको छ । 

महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना सङ्क्रमण भएको छ । 

माओवादीसहित एमाले, काँग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नअपनाई भइरहेका राजनीतिक गतिविधिले कोरोना सङ्क्रमण बढाउने सक्ने देखिन्छ । 

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : १३ बजे