राष्ट्रपति भवनमा घटस्थापना

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । 

पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा निर्वाचित हुनुभएको हो । उहाँले २ सय ३८ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले एक सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसैगरी उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १६६ मत पाउनुभयो । सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित हुनुभएको छ । मत गणनामा विवाद भएपछि पुनः गणना भएको थियो । गहतराजले १७८ मत प्राप्त गर्दा विश्व कार्कीले १७६ र भेषराज पाण्डेले १६० मत पाउनुभएको थियो ।

सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १३१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यसैगरी सहसचिव पदमा सुशीला दर्लामी निर्विरोध निर्वाचित हुनुभएको थियो । शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । कुल ५५२ प्रतिनिधिमध्ये ५ सय २७ मत खसेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ५५ बजे