एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन

भक्तपुर ।  नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन हुनुभएको छ ।  शुक्रवारबाट सुरु भएको आठौँ जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो । 

शनिवार भएको बन्द सत्रले उपाध्यक्षमा वासुदेव थापा चयन गरेको छ । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : २१ बजे