आजको मौसम : तीन प्रदेशमा वर्षा, पहाडमा हिमपातको सम्भावना 

काठमाडौँ । देशका तीन वटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपात मङ्गलवारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

                                

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ०४ बजे