भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड सङ्क्रमित

नयाँ दिल्ली । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड सङ्क्रमण देखिएको छ । 

यो पछिल्लो ६ महिना पछिको ठुलो सङ्ख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या तीन हजार ७१ पुगेको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । एजेन्सी

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : २५ बजे