राष्ट्रपति भवनमा घटस्थापना

नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसक्यो : डा.जागेश्वर गौतम

​​​काठमाडौँ – प्राध्यापक तथा डाक्टर जागेश्वर गौतमले नेपालमा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गर्दै डाक्टर गौतमले नेपालमा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको बताउनुभएको हो ।उहाँले सरकारले के भन्ला थाहा भएन तर नेपालमा  कोभिड १९ को तेस्रो लहर सुरु भइसकेको बताउनुभएको छ । डाक्टर गौतमले धेरै दुख पाउने सर्वसाधारण नागरिक र स्वास्थ्यकर्मीले हो भन्दै जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सुझाव दिनुभएको छ । अहिले पुनः जटिल परिस्थिति आएको र पोहोर सालको त्रासदीबाट सिक्न आग्रह गर्नुभएको छ ।​

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ०९ बजे