राष्ट्रपति भवनमा घटस्थापना

नेपालमा रेल परिक्षणकाे नाटक

जनकपुरधाम – भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो र प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा भएको उपलब्धि जनता माझ प्रचार-प्रसारका लागि भिडियो डकुमेन्ट्री बनाउन नेपालको रेल गुडाएको छ।

नेपालमा करिब १६ महिना देखि थन्किएको रेललाई भारतमा आसन्न विधान सभाको निर्वाचनमा प्रचार-प्रसारका लागि अयोध्या र जनकपुर दामबिच सांस्कृतिक सम्बन्ध रहेको देखाउन र मतदातालाई भिडियो मार्फत  प्रभावित पार्न डकुमेन्ट्री बनाउनका लागि नेपालको रेल गुडाइएको हो ।

करिब डेढ वर्ष देखि इनर्वामा स्टेसनमा त्रिपालमुनि राखिएको रेलको परीक्षणको नाममा भारतीय जनता पार्टीको राजनीतिक उद्देश्य पूर्ति गर्न परीक्षणको नाममा रेल चलाइएको स्थानीयहरु बताउँछन् ।

रेल्वेका महाप्रबन्धक झाका अनुसार रेलको अवस्था बुझ्न परीक्षण गरिएको बताएका छन् । इनर्वामा नेपाली तथा भारतीय अधिकारीहरूको साथमा क्यामरासहितको टोली रेलमा सवार थिए ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : १५ बजे