गौशालाका अतिक्रमित संरचनामा महानगरकाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।

आज डोजरसहित पुगेको महानगर प्रहरीले अतिक्रमित संरचनामा डोजर चलाएको हो । अतिक्रमित संरचना भत्काउन महानगर पुगेसँगै स्थानीयले विरोध गरेका थिए । गौशाला क्षेत्रबाटप्रहरीले सुमन सामयिसहितलाई नियन्त्रणमा लिएको छ।

गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीयसँगको छलफलपछि अनधिकृत संरचनाहरू भत्काइएको हो ।

सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमिले उठान गर्दै आएका छन्।

प्रहरीले गौशाला क्षेत्रका पाँच-सात वटा घरमा डोजर चलाएको छ।

महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो।

अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको हाे।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ३ : ३९ बजे