काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ ।
बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । यसै गरी बन्द सत्रले जिल्ला सदस्हरुमा एकता प्रकृयाबाट आएकाहरुका लागि छुटाइएको पदहरुमा सर्वसम्मती जुटाएको छ । बन्दसत्रले संझना गरियार, रमेश नेपाली, मोहन भुजेल, रामकुमार तामाङ, कुलदेव अस्तानी, नेत्रप्रसाद गौतम, नारायण गौतम, शुर्दशन थापा र राजेन्द्र केसी,निरध्वोज लामा र मोहन गजुरेललाई जिल्ला सदस्य बनाउने विषयमा सर्वसम्मती जुटाएको छ ।
बाँकि पदहरुमा सहमति जुटाउने प्रयास जारी छ । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जाने काभ्रे एमालेको तयारी छ ।
प्रकाशित मिति : २४ पुस २०७८, शनिबार ६ : १९ बजे
प्रतिक्रिया