एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

बैंकमा अधिक रकम जम्मा भएपछि मार्जिनमै ऋण दिन हानाथाप

काठमाडौँ । चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा ब्यापक रुपमा तरलता बढेको छ । बैंकहरुमा लगानीयोग्य पैसा ज्यादा भएपछि राष्ट्र बैंकले तारन्तार तरलता खिँचिरहेको छ । यसमा राष्ट्रबैंकलाई ठूलो ब्याज हानि पनि भइरहेको छ ।

केन्द्रिय बैंकले घाटा सहेर बजारबाट पैसा थुत्नु परिरहेको बेलामा पनि पाँच वटा बाणिज्य बैंकले असारको तुलनामा असोज मसान्तसम्म आउँदा स्प्रेड बढाएका छन् । तर केन्द्रिय बैंककै मासिक तथ्यांकलाई आधार मान्ने हो भने गत भदौ मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई औसत ५.४८ प्रतिशत ब्याज दिइरहेका थिए । तर उनीहरुले ऋणीहरुसँग ९.५२ प्रतिशत औसत ब्याज उठाइरहेको देखिन्छ ।

त्यसो त भदौमा बचत खातामा पैसा राख्ने निक्षेपकर्ताले औसत ३.३८ प्रतिशत ब्याज पाइरहेका थिए । मुद्दति खातामै पनि १ वर्षसम्मको अबधिका निक्षेपमा ५.६७ देखि २ वर्षभन्दा ज्यादा अवधिको मुद्दति खातामा १०.३३ प्रतिशत ब्याजदर रहेको राष्ट्र बैंकले बताएको छ, तर यस्तो रकम तुलनात्मक रुपमा कम छ ।

ऋणीका हकमा भने उपभोग्य कर्जामा औसत १०.३ प्रतिशत ब्याज लगाइएको थियो । स्थानीय सरकारले साढे ३ प्रतिशत ब्याजमै ऋण पाएको भए पनि निजि क्षेत्रमा सबैभन्दा सस्तो कर्जा माछा पालन र माछाको कारोबारमा प्रवाह भएको राष्ट्र बैंकले देखाएको छ । यस क्षेत्रमा औसत ब्याजदर ८.५८ प्रतिशत रहेको भदौको तथ्यांक छ ।

यसरी भदौ मसान्तमा बाणिज्य बैंकहरुको भारित औसत ब्याजदरको अन्तर (स्प्रेड) ४.०४ प्रतिशत देखिएको छ । तर असोज मसान्तमा बाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार औसत ब्याजदर अन्तर ३.९६ प्रतिशतमा झरेको देखिन्छ । यो गत असारको तुलनामा केवल २ आधार विन्दु (०.०२ प्रतिशत बिन्दु)मात्रै कम हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ५ : २७ बजे