काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दावी गर्ने नवराज अर्याल रिहा भएका छन् ।
झुठो हल्ला फैलाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको थियो । उनले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दावी गरेका थिए ।
अन्तर्वार्ता सार्वजनिक भएपछि प्रहरीले उनीसँग बयान पनि लिएको थियो । तर उनको कुरा विश्वास गर्न लायक नरहेको र उनको मानसिक अवस्था कमजोर रहेको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले उनलाई स्वास्थ्यमा समस्या रहेका कारण हाजिर हुने शर्तमा छाडेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ४ : २१ बजे
प्रतिक्रिया