राष्ट्रपति भवनमा घटस्थापना

भक्तपुरमा चरा गणना सुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । 

नगरपालिका– ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताउनुभयो । उहाँका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।
 
अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकोत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् । 

चाँंगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरी हुने गोसाइँले बताउनुभयो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ५० बजे