साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिर्जनाको फूल फुलाउन उठौँ

युद्धको मैदानमा, ढाल नभए पनि
​​​​​​​मरुभूमिको घाममा चट्टानलाई फोर्ने, औजार भएका छौँ हामी
शिक्षा, स्वास्थ्य, गास, बासको जोहो यहाँ गर्न नसकी
देश छोडी परदेशमा तलबारको धारमा हिँडेका छौँ हामी

अरूको जस्तै रगत—पसिना, बगाएर जाँगर देखाए पनि 
अमर्यादित—अपमानित, शब्द वाणको शिकार भएका छौँ हामी
समान ज्याला, सामाजिक सुरक्षा पाउन नसकी 
धन कमाउने धुनमा कफिन भित्रको लास भएका छौँ हामी 

आऊ सबै मिलौँ परिवर्तन ठुलो गर्न यहाँ नसके पनि
थोपा थोपा मिलाएर, समुद्र बनाउन जुटौँ सबै हामी 
श्रमको सम्मान र समानता, प्राप्तिका लागि 
आफ्नो श्रमले सिर्जनाको फूल फुलाउन उठौँ हामी 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ४५ बजे