एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन 

बुटवल । नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन हुनुभएको छ  । शुक्रवार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल, सह सचिवमा टीका थापा र सुनिता शर्मा चयन हुनुभएको छ ।  

तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी समेत चयन गरेको छ ।

लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ ।  रुपन्देहीमा शुक्रवारदेखि सुरु भएको अधिवेशनले शनिवार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुङ्ग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५८ बजे