‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यस्तो छ परराष्ट्र मन्त्रालयले सिफारिस गरेको ११ मुलुकका लागि राजदूतको नाम  (सूचीसहित)

काठमाडौं । परराष्ट्र मन्त्रालयले ११ मुलुकमा  तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनाको नाम  राजदूतको प्रस्ताव गर्दै सिफारिस गरेको हो।

प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

राजदूत सिफारिस गरिएकामा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ छन् । काफ्लेलाई अष्ट्रिया र श्रेष्ठलाई इजिप्टका लागि  सिफारिस गरिएको छ । यस्तै श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्वमेयर प्राध्यापक रमेशचन्द्र पौडेललाई सिफारिस गरिएको छ।

राजनीति शास्त्री कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र सुम्‍निमा तुलाधरलाई अष्ट्रेलियाका लागि प्रस्ताव गरिएको छ । तुलाधर बामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । साथै उनी सिविन नेपालकी कार्यकारी संयोजक पनि हुन्।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम्‌ रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूस, पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन,  नारायणप्रसाद संग्रौलालाई बर्मा, पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल, सुमीत्रा सुवेदीलाई डेनमार्क तथा मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ।

राजदूतको प्रस्ताबित नाम यसप्रकार छन्

१. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
२.सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)
३. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया) 
४. सुमित्रा सुवेदी (डेनमार्क)
५. जंगवहादुर चौहान (रूस)
६. मेराज मुसलमान (साउदी अरेबिया)
७. युवराज कार्की (बहराइन)
८. रमेशचन्द्र पौडेल (श्रीलंका)
९.निर्मलराज काफ्ले (अष्ट्रिया)
१०. नारायणप्रसाद संग्रौला (बर्मा)
११. कुलप्रसाद नेपाल (ब्राजिल)

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ११ : ५३ बजे