एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

राष्ट्रपतिको बंगलादेश भ्रमणले जगाएको आशा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकी समारोहको निमन्त्रणामा राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जानुभएको थियो । राष्ट्रपतिको यो राजकीय भ्रमणलाई द्धिपक्षीय सम्बन्ध बिस्तारका लागि फलदायी रहेको टिप्पणी गरिएको छ । 

बंगलादेश स्थापनापछि हामी दुई देशवीचको सम्बन्ध मैत्री र सुमधुर रहदै आएको छ । तर यी दुई देशवीच लामोे समयसम्म राष्ट्रप्रमुखहरुको भ्रमण हुन सकिरहेको थिएन । तर गतबर्ष बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको बंगलादेश भ्रमणले त्यो ग्यापलाई तोडको छ । 

हाम्रो राष्ट्रपतिको बंगलादेश भम्रणका क्रममा नेपाल र बङ्गलादेशबीच नेपालको अर्थतन्त्रमा दुरगामी प्रभाव पार्ने पर्यटन, स्यानिटेसन, सांस्कृतिक आदान प्रदान तथा रेल्वे सम्पर्क सञ्चाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल तथा बङ्गलादेशका वीचका उच्चस्तरीय भेटघाट, संवाद र सम्पन्न समझदारीले आगामी दिनमा यी दुई देशलाई अझ नजिक ल्याउने मात्र नभई क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । राष्ट्रपति भण्डारी र बङ्गलादेशी समकक्षी हमिदको उपस्थितिमा सम्पन्न सम्झौताको कार्यान्वयनले दुवै देशमा विकासका थप सम्भावनाका ढोका खुल्ने आशा बढाएको छ । 

राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्याँस महत्वपूर्ण साधन बन्न सक्ने भएकाले दुवै देशले यसअघि नै ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न आग्रह गर्नुभएको छ । 

दुई छिमेकी राष्ट्रबीच भएको सम्झौता कार्यान्वयनसँगै बङ्गलादेशले नेपालको विद्युत खरिदमा मात्र नभएर नेपालमा जलविद्युत् परियोजनामा लगानी गर्न सक्छ भने नेपालले बङ्गलादेशको प्राकृतिक ग्यासको उपयोगमा सहजहुनेगरी पूर्वाधार निर्माण गर्न सक्छ । नेपाल र बङ्गलादेश मानव संशाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले आपसी सम्बन्धलाई यिनै आधारशिलाबाट थप बलियो बनाउन सकिनेछ । नेपालले बङ्गलादेशका चितगाउँ, मोङ्ला बन्दरगाह र विमानस्थलको गर्ने प्रयोग तथा नेपाल, बङ्गलादेश र भारतको संयुक्त सहकार्यमा नेपालको जलस्रोतको उपयोग गरी जलविद्युत् केन्द्र स्थापनागर्न दुवै देशले विशेष पहल गरेमा थप उपलब्धी हासिल गर्न सक्नेछन् ।

भ्रमणका क्रममा भएका समझदारीको प्रभावकारी कार्यान्वयन हुन सकेको खण्डमा पर्यटनको प्रचुर सम्भावना बोकेका दुवै देशले मिलेर काम गर्न सक्नेछन् । यी सम्झौताको  कार्यान्व्यनले दुई देशबीचको पर्यटन विकासका नयाँ ढोका खोल्न सहयोग पुग्ने छ । कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादी स्यानिटरी र फाइटो–स्यानिटरी विषयक सम्झौताले नेपालको सम्बन्धित क्षेत्र लाभान्वित हुनेछ । यस्तै रोहनपुर–सिंहबाद रेल्वे रुटमा नेपालको पहुँच पु¥याउन सकिए नेपालको कनेक्टिभिटीमा थपवृद्धि हुनेछ । यिनै सम्झौताहरुलाई टेकेर नेपाल भारत हुँदै अन्य मुलुकमा पनि व्यापार बिस्तारका लागि सहयोगी मार्ग बन्न सहज हुनेछ । साढे तीन दशकपछि नेपाल र बंगलादेशका राष्ट्रप्रमुख स्तरमा भएको यो समझादारीले दुई देशका नागरिकहरु वीचको सम्वन्ध बढनुका साथै दुवै देशको अर्थतन्त्र सुदृढ वन्न सक्दछ भन्ने विज्ञहरुले विश्लेषण गरेका छन् । 

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  २ : ०४ बजे