‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवाका लागि सिफारिस

​​​​​​​काठमाडौँ  । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा  बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिंहलाई शुक्रवार गृह मन्त्रालयले डिआइजी बढुवाको सिफारिस गरेको हो।

सिंह प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत हुनुहुन्थ्यो। उहाँको  हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो । 

बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो ।  बढुवा समितिको बैठक शुक्रवार बसेको थियो । 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५१ बजे