मौसम : सोमबारसम्म वर्षा र हिमपात, सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ  । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

आइतबार  सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार पनि वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २४ गते (शनिवार)
​​​​​​​दिउँसो:
देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश न १, प्रदेश न २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २५ गते (आइतबार)
दिउँसो:
सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  देखी पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ मा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २६ गते (सोमबार)
दिउँसो:
सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ४३ बजे