किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै

युक्रेन । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रूसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाउनुभएको छ ।

युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभतर्फ गइरहेको जानकारी गराएको थियो ।

“सावधान! चेर्निहिभ क्षेत्रबाट मिसाइल किएभ क्षेत्रतर्फ गइरहेको छ,” यर्माकले टेलिग्राममार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।

रूसको एक हप्ताको निरन्तर आक्रमणपछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उहाँका तीन बच्चाहरूको मृत्युभएको थियो ।

पछिल्लो समयमा मस्को र किएभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू गरिरहेका छन् ।

रूसी क्षेत्र कुस्र्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताउनुभएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : १२ बजे