एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा, के के छन् त सेडुल ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा मंसिर १९ गते, बिहान ११ बजे बोलाएको हो । सभामा बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ३६ बजे