राष्ट्रपति भवनमा घटस्थापना

नेपालमा ह्वातै बढ्यो कोरोना;एकै दिन ९६८ जनामा संक्रमण पुष्टि

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १४ हजार ९७१ जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०२ पुगेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ४५ बजे