बगेर खेर गइरहेछ भोटको नुन

फुपूको घर आएकी बालिका माथि मध्यरातमा प्रेमी र भिनाजुद्वारा सामुहकि बलात्कार

चितवन । चितवनमा एक बालिका माथि सामुहिक बलात्कार भएको छ । फुपूको घरमा आएकी १५ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको हो । जिल्ला अदालत चितवनमा कात्तिक १३ गते दर्ता भएको मुद्दाअनुसार फुपूको घरमा गएकी बालिकालाई फकाएर प्रेमी र भिनाजुले बलात्कार गरेका हुन् ।

भरतपुर महानगरपालिकाभित्र घर भएका प्रेमीले बालिका आफ्नो घरबाट फुपूको घर गएको मौकामा असोज २० गते राति १२ बजे फकाएर भेट्न बोलाएका थिए ।

चितवन प्रहरीमा बालिकाकी आमाले दिएको जाहेरीअनुसार २० वर्षीय प्रेमी प्रमेश गुरुङले फकाएर मध्यरातमा फुपूको घरबाट केही पर धान खेतमा बालिकामाथि जबरजस्ती गरेका थिए । रातको समयमा मदिरा सेवन गरेका प्रेमीले बलात्कार गरेपछि आफ्नै भिनाजुले पनि उनलाई बलात्कार गरी रगताम्य बनाएर धान खेतमा छाडेर हिँडेका जाहेरीमा उल्लेख छ ।

उनीहरू दुवैजना हिँडेपछि बालिकाले आमालाई फोन गरेर बोलाएकी थिइन् । विक्षिप्त अवस्थामा बालिकालाई घर लगेपछि परिवारले जाहेरी दिएका हुन् ।

प्रहरीले घटनामा संलग्न अभियोगमा दुबैजनालाई पक्राउ गरेर मुद्दा दर्ता गरेको जनाएको छ । मुलुकी फौजदारी संहिता अनुसार १८ वर्षमुनिका बालिकासँग सहमति लिएर पनि शारीरिक सम्पर्क गरेमा बलात्कार ठहर हुन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : २० बजे