साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले अधिवेशन : अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुुरु भएको छ ।

एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गर्नुभएको छ । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ३६ बजे