रवि लामिछानेलाई जहाजमार्फत रूपन्देही लगिदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजान लागिएको छ । उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही लैजान लगिएको हो । उनलाई बुद्ध एयरकाे जहाजमार्फत रुपन्देही लगिदै छ ।

रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो ।लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १० : ५९ बजे