‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप २४ जनामा भेटियो ओमिक्रोन संक्रमण

काठमाडौं । हालसम्म नेपालमा २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नियमित रुपमा गरिएको एस–जी स्क्रिनिङका क्रममा एक हजार १४६ जना संक्रमितहरु मध्ये उनीहरुमा ओमिक्रोन पुष्टि भएको बताएको हो । ओमिक्रोनका कारण अत्यधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु लगायत आवश्यक जनशक्तिको समेत पर्याप्त रुपमा जोहो गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला बाहेक नेपालका विर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश नं–२ र भेरी अस्पतालमा एस–जी स्क्रिनिङको व्यवस्था गरिएको छ । 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ४१ बजे