काठमाडौं । जनआन्दोलनको बेला सुरेन्द्र मानन्धरको नेतृत्वमा कीर्तिपुरका जनता सडकमा निस्किएको दृश्य धेरैले बिर्सिएका छैनन्। उहाँकै नेतृत्वमा जनआन्दोलनमा प्रहरी प्रवेश निषेधको कार्यक्रम हुन्थ्यो। दिनभरि कार्यक्रम गरेर जनता घरमा फर्कँदा उहाँ भने साँझ सम्म भोलिको आन्दोलनको रुपरेखको छलफलमा हुनुहुन्थ्यो। त्यसै कारण कीर्तिपुरका क्रान्तिकारी जनताको नजरमा उहाँ सधैँ खोजीको पात्र बनिरहनु हुन्थ्यो।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा भने कीर्तिपुरका जनताले उहाँलाई मेयरमा चुन्ने अवसर पाउने भएका छन् । उहाँको उम्मेदवारीले त्यस क्षेत्रका बासिन्दामा नयाँ उत्साह पलाएको स्थानीयहरूको भनाई छ।
गएको स्थानीय चुनावमा बिभिन्न कारणले उहाँ उम्मेदवार हुन पाउनु भएन। यद्यपी यो भन्दा पहिला उहाँ प्रतिनिधिसभाको सदस्यको उम्मेदवार हुनुभएको थियो। जसमा २०७० सालको निर्वाचनमा उहाँ झिनो मतान्तरले कांग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो। त्यो बेला माओवादीका अध्यक्ष प्रचण्ड समेत उहाँभन्दा पछि तेस्रो स्थानमा खुम्चनु परेको थियो। २०७४ सालको निर्वाचनमा वाम तालमेलका कारण सो क्षेत्र माओवादीलाई छोड्नु परेका कारण उहाँ उम्मेदवार बन्न पाउनु भएको थिएन
अहिले सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएपछि तिर्खाएका कीतिपुरवासीलाई पानी देखे जस्तो भएको छ। त्यसैले मङ्सिर १६ कुरेर बसेको स्थानीयको भनाई छ।
तपाई त प्रतिनिधिसभामा उम्मेदवार भइसकेको मान्छे फेरि मेयरमा उम्मेदवार हुनुभयो किन ? भन्ने प्रश्नमा मानन्धरको जवाफ छ – जनताको सेवा गर्नका लागि यो र उ भन्ने हुँदैन, हामीलाई पार्टीले जहाँ गएर जनताको सेवा गर भनेर अह्रायो , हामी त्यही गएर काम गर्ने पार्टीका सिपाही हौ। उहाँ थप्नु हुन्छ – यो पटक पार्टीले मलाई कीर्तिपुरका जनताको सेवा गर भनेर मेयरको उम्मेदवार बनाएको छ, म त्यही सेवा गर्न तयार भएको हुँ।
चुनाव जित्नु हुन्छ त भन्ने अर्को एक प्रश्नमा मानन्धरको जवाफ छ –यस पटक पार्टीमा अद्भुत एकता छ, सबै साथीहरूले सर्वसम्मत उम्मेदवार बनाउनु भएको छ, पार्टीका साथीहरू एक ढिक्का हुनुहुन्छ। आफ्नो जित्ने आधार थप्दै मानन्धर भन्नुहुन्छ– यस पटक कीर्तिपुरका जनताले मेरो उम्मेदवारीमा धेरै उत्साह देखाउनु भएको छ, उहाँहरू हामी जसरी पनि जिताउँछु भन्दै मैदानमा उत्रनु भएको छ।
मानन्धर यस पटक आफू मात्र जित्ने सोचमा हुनुहुन्छ। रिक्त दुई वडाध्यक्ष पनि जिताउने अभियानमा लाग्नु भएको छ। यसअघि एमालेको हारको बदला लिने मौका पनि उहाँलाई मिलेको छ। त्यसैले कीतिपुर नगरपालिकामा रिक्त भएका दुई वडामा समेत एमालेले बिजय हासिल गर्ने अनुमान धेरैले गरेका छन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कीतिपुर नगरपालिकाको वडा नं १ र ४ मा पनि वडाध्यक्षको निर्वाचन हुने भएको छ। त्यसमा समेत एमालेले सशक्त उम्मेदवार उठाएको छ। कीर्तिपुर नगरपालिका वडा नं ४
को अध्यक्षमा बद्री बुढाथोकी र वडा नं १ अध्यक्षमा हर्ष महर्जनलाई उम्मेदवार बनाएको छ। उहाँहरू दुवै जना लोकप्रिय मानिनुहुन्छ।
प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ३ : २५ बजे
प्रतिक्रिया