हुम्लामा एमाले अधिवेशन माघमा

सिमकोट । नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन एक महिना लागि पछि सरेको छ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने भनिएकामा हुम्लामा २३ माघका लागि मिति तय भएको छ ।

सिमकोट बसेको जिल्ला कमिटीको बैठकले आगामी २३ माघमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिनुभयो । बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ ।

बाँकी ६१ जिल्लामा भने आज अधिवेशन हुँदैछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : १२ बजे