‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ओमिक्रोनलाई नजरअन्जान नगरौंः डब्लूएचओ

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताउनुभएको छ । 

“खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ । यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुदैन्,” घिब्रिससले भन्नुभयो । अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उहाक्ँको भनाई छ । “यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,” उहाँले भन्नुभएको छ । 

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ०१ बजे