दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लिभिङ टुगेदर बस्ने युवक–युवती मृत फेला

काठमाडौं । काठमाडौंको कपनमा एक जोडी युवक र युवती मृत फेला परेका छन् ।

लिभिङ टुगेदर बस्दै आइरहेका उनीहरु गएराति १२ बजे मृत भेटिएका हुन् । संखुवासभाका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएकाे महानगरीय अपराध महाशाखाले जनाएको छ । 

कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको एक कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको चाेटैचोट देखिएको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । घटनास्थलमा प्रहरी पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेको र अमिश अर्धनग्न अवस्थामा पल्टिएको अवस्थामा भेटिएका थिए । घटनास्थलमै युवतीको मृत्यु भइसकेकाे जनाइएको छ । युवकको भने ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका लागि ल्याएकाे थियाे । तर, उनको अस्पतालमै मृत्यु भएको थियो । 

अमिशले प्रेमिकाको हत्या गरेर आफूले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनाउनुभएको छ । उनीहरु दुवैजना पब्जीको लतमा थिए । दुवै जना २२ दिन पहिलेदेखि मात्र लिभिङ टुगेदरमा बस्न थालेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०८ बजे