सुनको मूल्यमा नयाँ कीर्तिमान

कजाकस्तानमा अस्थिरताः मूल्यविरोधी प्रदर्शन मत्थर पार्न विदेशी सेना तैनाथ 

एजेन्सी । रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको हो । 

इन्धनको मूल्यवृद्धिलाई लिएर सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला टोकायभले रुसको सेनालाई गुहारेका थिए । प्रदर्शनकारी र सुरक्षकर्मीबीचको झडपमा कजाकस्तानमा दर्जनौं प्रदर्शनकारी मारिएका विवरण सार्वजनिक भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी पनि हताहतीमा परेका छन् ।

बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ)लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए । सीएसटीओअन्तर्गत ताजिकिस्तान, बेलारुस, रुस, कजाकस्तान, र आर्मिनिया का सेना आबद्ध छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : २४ बजे