मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

बागमती प्रदेशमा पाँच सदस्य दुई दलीय संयन्त्र

प्रदेशदेखि जिल्ला तहसम्म विस्तार हुँदै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा संयन्त्र गठन भए लगतै प्रदेशस्तरमा पनि यसको विस्तार सुरु भएको छ। यसको सुरुवात बागमती प्रदेशबाट भएको छ। बागमती प्रदेशमा कांग्रेसका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा एमाले समवेश भएको सरकार छ।
। बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार बसेको बैठकले ६ बुँदे निर्णयसमेत गर्दै प्रदेश स्तरीय संयन्त्रको गठन गरेको हो।
बागमती प्रदेशस्तरीय संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति इन्द्र बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश उपसभापति चन्द्र महर्जन रहनुभएको छ ।
त्यस्तै एमालेबाट प्रदेश इन्चार्ज डा. राजन भट्टराई र प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल रहने सहमति भएको छ । संयन्त्रमा एमाले मुख्यमन्त्री बाहेक एमालेबाट दुबै पार्टीका २ । २ जना रहने दुई दलीय सहमति अनुसार उहाँहरुलाई समावेश गरिएको हो ।
संयन्त्रको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न जिल्ला तहलाई निर्देशन दिएको छ । संयन्त्रको संयोजन आलोपालो गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिर ३ गते बैठक बसेर बागमती प्रदेश सरकारको १०० दिनको समीक्षा गर्नेसमेत तय भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ३३ बजे