बगेर खेर गइरहेछ भोटको नुन

एनपिएल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन् । उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ ।

उनले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका छन् ।

उनले एनपिएल सम्वन्धी सम्पूर्ण सर्वाधिकार आफूलाई यसअघि दिएको तर अहिले जानकारी नै नदिई अन्य कुनै कम्पनीलाई दिएको भनेकै आधारमा सञ्चालन गर्न नमिल्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : ५० बजे