बताससँगको वास्तविकता छताछुल्ल भएपछि वेबसाइट बन्द; झुटमा उत्रिन् आरजु

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्ट संचालन गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छिन् ।

नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्टु संचालन गर्न खोजेको बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले दाबी गरेपनि बतास समूहको  सल्लाहकार भएको तथ्य बाहिरिसकेको छ । बतास समूहको वेबसाइटमा हिजोसम्म उहाँको तस्विर सल्लाहकार समुहको सूचीमा थियो तर आज आरजु राणाको उक्त तस्विर वेबसाइटबाट हटाइएको छ ।

प्रधानमन्त्री पत्नी राणाले सामाजिक सञ्जाल फेसबुक मार्फत – "संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु " भन्दै लेखेकी छिन् ।

तिव्र आलोचनाबाट बच्न राणाले बताससँग आफ्नो कुनै सम्बन्ध नभइरहेको बताइए पनि उनको वास्तविकता भने बुधबार नै छताछुल्ल भैसकेको छ । उता राणा र बतासको कनेक्सन छताछुल्ल भएपछि बुधबार नै बतासले आफ्नो वेबसाइटबाट राणाको तस्बिर हटाएको थियो । तस्बिर र संलग्नता हटाउँदा समेत आलोचना भएपछि बतासको बेबसाइट अहिले बन्द गरिएको छ । साइट बन्द गरेर राणाले आफ्नो संलग्नता नभएको जिकिर गर्नुलाई चर्को आलोचनाबाट पन्छिने दाउँको रुपमा हेरिएको छ । 

​​​​​​​

२०७७ पुस १७ गते दरबार संग्रहालयमा रेस्टुरेन्ट संचालनका लागि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक र पोखराको बतास समूहको बी म्यानेजमेन्ट बीच  तीन वर्षका लागि ठेक्का सम्झौता भएको थियो ।

बतास समूहलाई लाभ पुग्ने गरी प्रक्रिया मिलाएर ठेक्का दिइएको भन्दै पूर्वपर्यटनमन्त्री योगेश भट्टराइलाई लक्षित गरी अहिलेका पर्यटन मन्त्रीले काम रोक्ने निर्देशन गरी प्रचार गरिएपनि त्यसको केही समयमै आरजु र बतासबीचको कनेक्सन चाँही छताछुल्ल भएको थियो । 

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ४९ बजे