चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

रविलाई म्याद थपका लागि फेरि अदालतमा उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आइतबँर कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको म्याद सकिएसँगैआइतबार अदालत उपस्थित गराइएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : २१ बजे