राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको छ ।  आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहनुभएका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बन्नुभएको हो । 

प्रधानमन्त्री देउवा नियमित भेटघाटका लागि राष्ट्रपति निवास पुग्नुभएको देउवाको सचिवालयले जनाएको छ । ‘

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : २२ बजे