‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक  (तालिका सहित)

​​​​​​​काठमाडौं – प्रधानमन्त्री कप (पीएम) ट्वान्टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन् । 

पुस २६ गतेबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । 

यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक फर्म्याट परिवर्तन गरेको हो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ०९ बजे