पूर्वमन्त्री लीलावल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बित

काठमाडौं । जापान भ्रमणका विषयमा विवाद भएपछि कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले)ले संगठित सदस्यबाट निलम्बन गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीले उनलाई आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

जापान पुगेका अधिकारी र अन्य तीन जनालाई टोकियोस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरिदिएको थियो । अधिकारीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : १६ बजे