वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्याे

मुगु ।  नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेकाे हाे । 

मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेकाे छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए । 

उनका अनुसार २७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाको भनाइ छ । 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ४ : ०० बजे